सुत्केरी श्रीमतीको हत्या



भोजपुर : भोजपुरमा एक सुत्केरी महिलाको श्रीमानले घाँटी रेटेर हत्या गरेका छन्। पौवादुङ्मा गाउँपालिका–४ बास्तिममा १९ वर्षीय जानुका पौडेल थापालाई उनका श्रीमान रमेश पौडेलले घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

जानुका २ महिने सुत्केरी हुन्। उनले छोराको जन्म दिएकी थिइन्।घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा सामान्य विवादमा रमेशले घरमै श्रीमतीको हत्या गरेका हुन्। श्रीमती हत्याका अभियुक्तलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ। घटनाको विस्तृत अनुसन्धान बाँकी रहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार थेवेले बताए। जानुकाले २ महिनाअघि छोरा जन्माएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्