पर्साको विकास बिना प्रदेश–२ को विकास हुन सक्दैन : मन्त्री सोनल



वीरगन्ज : प्रदेश–२ का भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले पर्साको पोखरियामा सामुदायिक भवनको शिलान्यास गरेका छन्। पोखरीया नगरपालिका ९ सेमराहा टोलमा ५० लाखको लागतमा ४ कठ्ठा जग्गामा बन्न लागेको भवन मन्त्री सोनलले शिलान्यास गरेका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री सोनलले पर्साको विकास बिना प्रदेश २ को विकास हुन नसक्ने बताए। केन्द्र सरकारले गर्दै आएको सौतेनी ब्यवहारका कारण प्रदेश २ को विकास हुन नसकेको मन्त्री सोनलले आरोप लगाए। उनले प्रदेश २ को विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।

सामुदायिक भवनको निर्माण यसै आर्थिक वर्षमा सक्न मन्त्री सोनलले सम्बन्धित पक्षलाई निर्देशन दिए। मन्त्री सोनलले पोखरिया नगरपालिका भित्र भएका विभिन्न विकास निर्माण कार्यहरूको निरीक्षण गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्