बुटवलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



बुटवल : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष आइसोलेसनमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नवलपरासीको सुनवल नगरपालिका ५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका ९ का ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाका अनुसार नवलपरासीका पुरुषको असोज १६ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्यही दिन बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए ।

दम र उच्च रक्तचापको समेत समस्या रहेका ती पुरुषको मंगलबार राति पौने १ बजे मृत्यु भएको हो ।

त्यस्तै बुटवल ९ की ५५ वर्षीया महिला असोज १७ गते अस्पताल भर्ना भएकी थिइन् । पीसीआर परक्ष्ीाण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

उनको बुधबार बिहान साढे ५ बजे मृत्यु भएको हो । उनमा पनि उच्च रक्तचापको समस्या रहेको डाक्टर थापाले जानकारी दिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

प्रकाशित : असोज २१, २०७७

प्रतिक्रिया दिनुहोस्