स्थानीय तहमा १६ हजार कर्मचारी अभाव, रिक्त पद चाँडै पदपूर्ति गरिने



काठमाडौं : संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको स्थायी समायोजना भए पन स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी दरबन्दी रिक्त हुन पुगेको छ । मुलुकका ७५३ वटा स्थानीय तहमा १६ हजार कर्मचारी रिक्त रहेकाले सेवा प्रवाहमा समेत गम्भीर समस्या परेको छ । 

विकट जिल्लाका कतिपय स्थानीय तह भने पूर्णरुपमा कर्मचारीविहीन बन्न पुगेको जनप्रतिनिधिहरुले बताएका छन् । 

समायोजनपछि कर्मचारीहरु भरिने विश्वास स्थानीय तहको थियो तर अधिकांश कर्मचारीहरुले समायोजनका क्रममा संघलाई रोजेपछि स्थानीय तहमा ठूलो संख्यामा दरबन्दी रिक्त रहन पुगेको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले स्थानीय तहमा रिक्त कर्मचारी पूर्तिका लागि छिटोभन्दा छिटो लोकसेवा आयोद्वारा भनाए प्रक्रिया खुला गर्ने बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्