प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया शुरु : उजुरी दिन आह्वान



काठमाडौं : अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया शुरु भएको छ ।

संसदीय समितिले प्रक्रिया शुरु गर्दै प्रस्तावित राजदूतहरु विरुद्ध १० दिने उजुरी आह्वान गरेको छ । आज बसेको समिति बैठकले भोलीबाट लागु हुने गरी अमेरिकाका लागि प्रस्तावित राजदूत डा.युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत डा. निर्मल कुमार विश्वकर्माविरुद्ध उजुरी आह्वान गरेको हो ।

संसदीय समितिो कार्यविधि २०७५ को दफ १२ बमोजिम उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए । खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।

यस्तै पूर्व मुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो । डा. निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासिय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे, ज्ञावेन लगायतका देशका लागि ग्रैह्रआवसिय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ ।

प्रकाशित : २१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्