आज तेस्रो घण्टासम्ममा करोडभन्दा बढीको शेयर कारोबार



काठमाडौं : आज (बुधबार) कारोबारको तेस्रो घण्टामा शेयर बजार १२.५५ अंक बढेर १ हजार ५९८.८४ विन्दुमा पुगेको छ ।

यो अवधिमा सेन्सेटिभ इन्डेक्स २.६९ अंक बढेर ३१५.९१ विन्दुमा पुगेको हो । तेस्रो घण्टामा २ अर्ब २५ करोड ९ लाख ७७ हजार बराबरको शेयर कारोबार भएको छ ।

उक्त अवधिसम्म त्यति रकम बराबरको १९४ ओटा कम्पनीको ८९ लाख ७४ हजार ३१२ कित्ता शेयर कारोबार भएको थियो । तेस्रो घण्टाको कारोबार अवधिसम्म लघुवित्त ०.२५ प्रतिशत र म्युचुअल फण्ड ०.१८ प्रतिशतले घटेको छ भने बाँकी समूह बढेको छ ।

यो अवधिसम्म जलद्यिुत समुहको ५.९४ प्रतिशत, विकास बैंकको २.८२ प्रतिशत, वित्तको २.४२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.०२ प्रतिशत, बैंकिङ्को ०.१९ प्रतिशत, व्यापारिकको ०.६२ प्रतिशत, होटलको ०.४९ प्रतिशत, निर्जीवन बीमाको ०.१ प्रतिशत, अन्यको ०.९५ प्रतिशत र जीवन बीमाको ०.२४ प्रतिशत परिसूचक बढेको छ ।

तेस्रो घण्टासम्म पनि जलविद्युत कम्पनीहरुले नै सर्वाधिक रकमको कारोबार गरिरहेका छन् । यो अवधिसम्म ११ करोड ७ लाख ६८ हजार बराबरको सर्वाधिक रकमको अरुण कावेली पावरको शेयर कारोबार भएको छ ।

प्रकाशित : २१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्