यतिको काठमाडौं–सिमरा–काठमाडौं उडान आजदेखि शुरु



काठमाडौं : यति एयरलाइन्सले काठमाडौं–सिमरा–काठमाडौं उडान शुरु गरेको छ । एयरलाइन्सले बुधबार आफ्नो २२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंदेखि बाराको सिमरा उडान थालेको हो । एयरलाइन्सले उच्च सतर्कता अपनाएर उडान शुरु गरिएको जनाएको छ ।

अबदेखि यतिले काठमाडौं–सिमरा–काठमाडौं दैनिक दुई वटा उडान भर्नेछ । यतिले काठमाडौं–सिमरा–काठमाडौं उडानमा एकतर्फी भाडा १ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।

२०५५ सालदेखि सेवा प्रारम्भ गरेको यति एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

प्रकाशित : असोज २१, २०७७

प्रतिक्रिया दिनुहोस्