हातखुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला



वीरगंज : पर्साको कालिकामाई गाउँपालिकाको गंगोल खोलामा एक महिलाको शव फेला परेको छ ।

आज बिहान ९ बजे कालिकामाई गापा-४ गङ्गोल खोलामा करीब ३५ वर्षीया महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरिक्षक दीपक थापाले बताए । शवको सनाखत हुन सकेको छैन ।

महिलाको हातखुट्टा बाँधिएको, मुखमा केही कोचिएको अवस्थामा शव भेटिएको छ । शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा खगिएको छ । थप अनुसन्धान भइरहेको छ ।

महिलाको मुखमा केही वस्तु कोची हातखुट्टा बाँधिहत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्