बार्सिलोनासँग युनाइटेड घरेलु मैदानमै पराजित, लुक शअले गरे आत्मघाती गाेल



एजेन्सी : क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा सफलता हात पारेको छ । बार्सिलोनाले घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको हो । खेलको १२औं मिनेटमा लुक शअले गरेको आत्मघाती गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो ।

कप्तान लियोनेल मेस्सीको पासमा लिभरपुलका पूर्व फरवार्ड लुइस सुआरेजको प्रहारलाई गोललाइनबाट रोक्ने प्रयास गर्दा लुकले आत्मघाती गोल गर्न पुगेका थिए । भिएआरको सहायतामा उक्त गोललाई मान्यता दिइएको थियो । 

बुधबार राति भएको खेलमा पाहुना टोलीले घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल भने गर्न सकेन । यता, म्यानचेस्टर युनाइटेडले गोलका केही प्रयास गरेपनि गोल गर्न असमर्थ बन्यो । 

जितसँगै बार्सिलोनाले युनाइटेडलाई घरेलु मैदानमा पराजित गर्न सफल भयो । अहिलेसम्म युनाइटेड आफ्नो मैदानमा बार्सिलोनासँग हारेको थिएन । हारअघि युनाइटेडले आफ्नो मैदानमा चार खेल खेल्दा समान दुई जित र बराबरीको नतिजा निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्