आजको सेयरबजारमा ३ अर्ब ३५ करोडको कारोबार



काठमाडौं : आज १४ अंकले बढेको सेयरबजारमा १ करोड २६ लाख कित्ता सेयर किनबेच भएको छ भने ३ अर्ब ३५ करोडभन्दा बढीको कारोबार भएको छ ।

बजार उत्साहजनक बढे पनि उत्पादनमूलक र लघुवित्त समूहमा गिरावट देखिएको छ । सेयर बजार परिसूचक १ हजार ६ सय अंकमा पुगेको छ । आज १४.६८ अंक बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ सय अंकमा पुगेर बन्द भएको हो ।

कारोबार सुरु भएदेखि बढ्न थालेको बजारमा ३ अर्ब ३५ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । १ करोड २६ लाख ९९ हजार कित्ता सेयर किनबेच भएका छन् । परिसूचक १४ अंकले बढेता पनि आज उत्पादनमूलक समूहमा १.०३ र लघुवित्त समूहमा ०.२ अंक घटेको छ ।

कारोबार भएका १२ मध्ये १० समूहमा भने सुधार आएको छ । आज सबैभन्दा बढी विकास बैंक समूह ७७.९८ अंक र निर्जीवन बीमा कम्पनी ७६ अंकले बढेको छ ।

प्रकाशित : २१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्