आजदेखि डीभी आवेदन खुल्दै



काठमाडौं : २०२२ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातीबाट खुल्ने भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिने जनाएको छ ।

अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गर्दै आएको छ । डीभी परेर अमेरिका जानेहरुले उताको ग्रिनकार्ड पाउने गर्छन् । हरेक वर्ष नेपालबाट ठूलो संख्यामा नेपालीहर डीभी मार्फत अमेरिका जाने गरेका छन् ।

२०२२ को डाइभर्सिटी भिसा (डिभी) आवेदन कार्यक्रम नेपाली समयअनुसार आज रातिको ९:४५ बजेबाट खुला हुँदैछ। आवेदन खुलेपछि तपाईं मा गएर निशुल्क आँफैंले आवेदन दिन सक्नुहुन्छ। निशुल्क गर्नसकिने आवेदनमा पैसा तिर्दैमा भाग्य चम्किने कुरा हुँदैन। आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारीहरू दूतावासको वेबसाइट https://np.usembassy.gov/…/2022-diversity-visa-program-o…/मा उपलब्ध छन्।
The 2020 Diversity Visa Program opens TODAY at 9:45 pm local time in Nepal. After the applications open, you can go to dvlottery.state.gov to enter, and It’s FREE. Don’t listen to visa consultants and their false promises. There’s nothing lucky about paying for something that’s free! For more information about the requirements go to https://np.usembassy.gov/…/2022-diversity-visa-program-ope…/#dv2022

डीभी आवेदन यो  https://np.usembassy.gov/ne/2022-diversity-visa-program-opens-ne/%E0%A4%AE%E0%A4%BE साइटमा गएर आफै भर्न सकिने दूतावासले जनाएको छ।

प्रकाशित : २१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्