सुदूरपश्चिम प्रदेशमा आज ११९ जना कोरोना संक्रमित थपिए



धनगढी : सुदूरपश्चिम प्रदेशमा आज (बुधबार) थप १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका ३ प्रयोगशाला सेती, डडेल्धुरा र बझाङमा गरिएको परिक्षणमा १ सय १९ जना संक्रमित थपिएका हुन् ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ९६ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ५४ र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार कैलालीको धनगढी उप-महानगरपालिकाका मात्र ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

धनगढीमा वडा नखुलेका २८ जना, वडा नं.३, ५ र ८ का ३-३ जना, वडा नं.१ का २ जना, वडा नं.२ र ४ का १–१ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीकै टीकापुर नगरपालिकाका १० जना, गोदावरी नगरपालिका वडा नं.१ का २ जना र भजनी नगरपालिका वडा नं.६ का एक जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।

यस्तै सेतीकै परिक्षणमा कञ्चनपुरको पुनरवास नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ६ जना, बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रयोगशाला ईन्चार्ज ईशवरी प्रसाद भुषालका अनुसार पछिल्लो २४ घण्टामा १ सय ८ जनाको स्वाव परिक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो । जसमा दार्चुलाको महाकाली नगरपालिकाका ४६ जना र डोटीका २ जना रहेको प्रयोगशाला ईन्चार्ज भुषालले जानकारी दिए । दार्चुलाका ४६ मध्ये ४५ जना सशस्त्र प्रहरी बल नं.४४ गण दार्चुलामा कार्यरत सशस्त्र प्रहरी रहेका छन् ।

यसै गरी जिल्ला अस्पताल बझाङको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु थलारा गाउँपालिकाका हुन् ।

प्रकाशित :२१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्