डाक्टर केसीसँग वार्ता गर्न ३ सदस्यीय समिति गठन



काठमाडौं : सरकारले अनशनरत चिकित्सक प्रा.डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

२४ दिनदेखि अनसनरत डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा रहेको शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

डाक्टरको केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उनको निगरानीमा खटिएका डा सुवास आचार्यले जानकारी दिएका छन् ।

प्रकाशित : २१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्