२४ घण्टामा विश्वभर थपिए ३ लाख ४२ हजारभन्दा बढी कोरोना संक्रमित



काठमाडौं : पछिल्लो २४ घण्टामा विश्वमा हालसम्मकै बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वभर ३ लाख ४२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् । यसअघि अक्टोबर एक तारिखमा एकैदिन सबैभन्दा बढी ३ लाख २५ हजारभन्दा बढीमा संक्रमण भएको थियो ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी भारतमा ७८ हजारभन्दा बढी मानिस संक्रमित भए । यस्तै अमेरिकामा ४८ हजार तथा ब्राजिलमा ३१ हजारभन्दा बढीमा संक्रमण भएको छ ।

अमेरिकामा संक्रमित संख्या ७७ लाखभन्दा बढी हुँदा भारतमा ६८ लाख तथा ब्राजिलमा पचास लाखभन्दा बढीमा संक्रमण भइसकेको छ ।

यस्तै बुधबार विश्वभर ५ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भएको छ । भारतमा सबैभन्दा बढी ९ सय ६३, अमेरिकामा ९ सय ११ तथा ब्राजिलमा ७ सय ३३ जनाको मृत्यु भएको छ ।

विश्वमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ६० हजार नजिक रहेको छ ।

प्रकाशित : असोज २२, २०७७

प्रतिक्रिया दिनुहोस्