धनगढीमा जेसिजले राष्ट्रियस्तरको नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्दै



कैलाली : राष्ट्रिय जुनिएर जेसिजको आयोजनामा शुक्रबारदेखि धनगढीमा राष्ट्रियस्तरको नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा १८ देखी ४० वर्षसम्मका युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास उद्यमशीलता सम्बन्धी कात्तिक ९ र १० गते कैलालीमा तालिम सञ्चालन हुने आयोजकले जानकारी दिएकाे छ ।

 

जुनिएर जेसिज कैलालीको आतिथ्यतामा हुने २ दिने प्रशिक्षणमा देशभरका करिब तीन सय जुनीएर जेसिजका युवा भित्रिने जुनिएर जेसिज कैलालीका पूर्व अध्यक्ष जनार्दन बमले बताए । राष्ट्रिय स्तरको प्रशिक्षण धनगढीमा गर्न पाउनु सबैका लागि खुशीको कुरा भएको उनले बताए ।

 

 प्रशिक्षणमा जेसिजका पाइलेटरी राजा बाबु शाह, पूर्व यूपिभि शुशिला भट्ट मिश्र, जिल्ला कोअर्डिनेटर टेनर लगायतले प्रशिक्षण दिने जुनिएर जेसिजका राष्ट्रिय संयोजक अविनास थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्