विराटनगर र धरानमा एक–एक जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं : विराटनगर र धरानमा थप एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङका कोरोना संक्रमितको घरमै र धरानका संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको बिहीबार बिहान ६ः३० बजेतिर मृत्यु भएको हने । असोज १९ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै बसिरहेका उनको मृत्यु भएको विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

उनमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएको थियो ।

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीको धरान–१० घर भएका ३९ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए । बिहीबार बिहान ४ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : असोज २२, २०७७

प्रतिक्रिया दिनुहोस्