आइसोलेसनमा नबस्ने कोरोना संक्रमितलाई ६ महिना सजाय हुने



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसे संक्रमा ऐन अनुसार कारबाही गर्ने जनाएको छ ।

मन्त्रालयले यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिना जेल सजाय हुने चेतावनी दिदै पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरुलाई मापदण्ड अनुसार आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले केही व्यक्तिहरु कोरोना पोजिटिभ आएपछि आइसोलेसनमा नबसेको पाइएको भन्दै आइसोलेनामा नबसे कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिसकेको बताए ।

उनले भने, ‘यदि आइसोलेनमा नबसेको पाइएमा संक्रमण ऐन अनुसार ६ महिना जेल सजाय हुने व्यवस्था छ । त्यस्ता व्यक्तिलाई कारबाही गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा सूचना गरिसकेका छौँ ।’

उनले पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसेको घरपरिवार, छरछिमेकले अनुगमन गरी खबर गर्न र कोरोना संक्रमणको शंका लागेर पिसिआर परीक्षण गर्न दिएका सबै व्यक्तिको रिपोर्ट नआएमा घरमा क्वारेन्टाइनमा बस्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित :२३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्