भरुवा बन्दुकसहित पक्राउ



काठमाडौं : खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ सल्लेनी बस्ने मेघराज राईलाई २ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

घरमा अबैध हतियार राखेको भन्ने सूचनाको आधारमा आज ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले खानतलासी गर्दा बन्दुक फेला परेको हो ।

डोटीको बोगटान फुडसिल गाउँपालिका-३ बस्ने ५१ वर्षीय हर्क बहादुर बिश्वकर्मा पनि १ थान भरुवा बन्दुकसहित आजै पक्राउ परेका छन् ।

प्रकाशित : २३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्