अनशनरत डा.केसीको समर्थनमा युवाहरुद्धारा शान्तिपूर्ण विरोध प्रदर्शन



जनकपुरधाम– विगत २६ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको मुद्दामा समर्थन जनाउँदै जनकपुरधामका युवाहरुले आज (शुक्रबार) पनि यहाँ शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

डाक्टर केसीको माग पूरा गराउन एवं उनको जीवन रक्षाको लागि सरकारलाई दवाब दिने उद्देश्यका साथ स्थानीय जनकचोकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको युवा अभियन्ता दिपक चौधरीले जानकारी दिए । उनले भने,‘डाक्टर केसी हाम्रै लागि आमरण अनशनमा बसेका छन् । त्यसैले उनको यस अभियानमा सबैको सहयोगको नितान्त आवश्यकता छ ।’

डा.केसीको समर्थन एवं उनको जीवन रक्षा तथा जायज मागहरूप्रति ऐक्यबद्धता र संघिय सरकारको गैरजिम्मेवारीपनकाबिरूद्ध आफुहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेको युवा अभियन्ता कैयुम राईनले जानकारी दिए । उनले डाक्टर केसी १९ औं पटकसम्म अनसनमा बसेपनि उनको माग पुरा नहुनु दुःखद भएको बताए ।

प्रदर्शनमा सहभागीहरुले अहिंसक आन्दोलनले नसुन्ने हाम्रो सरकार, के वास्तवमा हिंसक आन्दोलनकै छ दरकार, हाम्रो स्वास्थ्य हाम्रै हाथमा, हामी जनकपुरिया पनि डाक्टर केसीको साथमा, मेडिकल माफिया मुर्दाबाद, स्वास्थ्य क्षेत्र भयो बर्बाद, डाक्टर केसीको जीवन रक्षा गर, माफियातन्त्र बन्द गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

विरोध प्रदर्शनमा दिपक कुमार चौधरी, कैयुम राईन, रुवी झा, इमरान राईन, रवी साहलगायत दर्जनौं युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्