कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित



काठमाडौं : नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँगै २५ गतेका लागि सारिएको थियो । पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको निधन भएका कारण बैठक स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकको नयाँ मिति पनि तोकिएको छैन । पूर्व पदाधिकारीको निधन हुँदा ३ दिन पार्टीको झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने परम्परा छ । प्रसाईको २३ असोजमा निधन भएकाले २५ गते कार्यालय बन्द गरिने भएको छ ।

सचिवालयका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएकाले वरिष्ठ नेता रामचन्द्र पौडेल आइसलेसेनमा छन् । अब दशैं अगाडि केन्द्रीय कार्यसमिति बैठक बस्ने सम्भावना कम छ ।

प्रकाशित :२४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्