परिणामविहीन ओली-प्रचण्ड छलफल



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्ता कुनै निष्कर्ष बिनै सकिएको छ ।

आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् पुनः गठन तथा पार्टी एकताको पूर्णतालगायत विषयमा छलफल भएपनि विना निष्कर्ष सकिएको छ । यसअघि दुई अध्यक्षबीच भएको भेटवर्ता छलफल भए पनि टुङ्गो नलागेपछि आज पुनः समझदारीको प्रयास भएको थियो ।

गत असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो । भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकतालाई पूर्णता दिने निर्णय गरेको थियो ।

तर, अध्यक्षद्वयले अहिलेसम्म प्रस्ताव तयार पार्न सकेका छैनन् । नेकपामा जनसंगठनहरू, ५ वटा निकाय, ३२ विभागसहित एक नीति प्रतिष्ठान, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ ।

प्रकाशित :२४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्