आज नेपालमा सबैभन्दा बढी संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)



काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । आज नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् ।

यो संख्या एकैदिन संक्रमण देखिएको अहिलेसम्मकै सबैभन्दा बढी हो । देशभर हालसम्म संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । यो अवधिमा १९ हजार ३ सय २० जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १२ सय २९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ७४ हजार २ सय ५२ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमित ३० हजार ८ सय १८ छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना र होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना रहेका छन्र ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २ हजार ६७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा मात्रै २१ सय संक्रमित थपिएका छन् । जस्मा ललितपुरका ३६९ र भक्तपुरका २०३ जनामा संक्रमण देखिएको छ । थप ६ जनाको मृत्यु भएको छ । काठमाडौंका ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुष, ललितपुरका ४३ रु ४९ वर्षीय पुरुष र भक्तपुरका ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

तयस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको औपचारिक रुपमा प्रष्ट परेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा २ जना महिला र १२ जना पुरुष रहेका छन् । मृत्यु हुने महिलामा काठमाडौंकी ६८ वर्षिय र धादिङकी ३१ वर्षिय महिला रहेका छन् भने पुरुषमा मोरङका २ जना २० र ७२ बर्षका, काठमाडौंका ४८ र ९० वर्षका, ललितपुरका ४३ र ४९ वर्षका रहेका छन् ।

त्यस्तै सुनसरीका ४५ बर्षका, सर्लाहीका ७१ वर्षका, मकवानपुरका ७७ वर्षका, नवलपरासी पूर्वका ३६ वर्षका र रुपन्देहीका ५७ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ। नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५८ छ ।

प्रकाशित : २४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्