आज प्रदेशसभा बैठक बस्दै



जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठक आज लामो समय पश्चात बस्न लागेको छ ।

कोरोना महामारीको त्रासका कारण गत असार ३१ गतेपश्चात बस्न नसकेको प्रदेशसभा बैठक आज बस्न लागेको हो ।

स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अपनाएर बैठक डाकिएको प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए । उनले कोरोना महामारीलाई ध्यानमा राखेर सबै व्यवस्था मिलाई आज बैठक डाकिएको बताए ।

आजको बैठकमा विभिन्न समितिहरूमाथि छलफल गरी टुंग्याइएका विधेयकहरू पेश गर्ने कार्यसूची छ।

प्रकाशित : २५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्