अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा जनकपुरमा प्रभातफेरी



जनकपुरधाम : अन्तर्राष्ट्रिय बालिका दिवस २०२० को अवसरमा विभिन्न संघसंस्थाले जनकपुरधाममा प्रभातफेरी निकालेको छ ।

आज (आईतबार) ओरेक नेपाल, कायापलट, युथ एड्भोकेसि नेपाल, धनुषा स्काउट, एम्नेस्टि इन्टरनेशनल नेपाल र लिभिङ्ग हुइ्त इन्भाइरोमेन्ट लगायतका संघसंस्थाको सक्रियतामा प्रभातफेरी निकालिएको हो ।

जानकी मन्दिरको प्राङ्गणबाट सुरु गरिएको प्रभातफेरी सोनारपट्टी हुँदै राम मन्दिर र जनकचौक हुँदै पुनः जानकी मन्दिरमा पुगेर समापन गरिएको थियो ।

कार्यक्रममा सहभागी किशोरीहरुले आ-आफ्नो हातमा बलात्कार, लैङ्गिक हिंसा बिरुद्धको प्लेकार्ड बोकेका थिए । कार्यक्रममा करिब ५० बढि किशोरीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा ओरेक धनुषाकी जिल्ला इन्चार्ज रोजलिन सिंह बच्छार, सामाजिक अगुवा शुभद्रा आले, एम्नेष्टि इन्टरनेशनलका कमल साह, एम्नेष्टि इन्टरनेशनल महिला ४६ की जमुना भुजेल, एम्नेष्टी इन्टरनेशनलकी इन्दिरा चौधरी लगायत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

उनीहरूले बलात्कार बिरुद्ध एकजुट हुन तथा कुरिती बिरुद्ध समेत मौनता तोड्न आम किशोर किशोरी तथा बुद्धिजीवीसँग आग्रह गरेका थिए ।

कार्यक्रमको संयोजन कायापलट नेपालका अध्यक्ष समेत रहेका युथ एड्भोकेसि नेपालका कार्यक्रम संयोजक दिवाकर उप्रेतीले गरेका थिए।

प्रकाशित :२५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्