कोरोना संक्रमित कैलालीका एसपीलाई काठमाडौं ल्याइयो



काठमाडौं : जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर राणालाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

राणालाई २० असोजमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टिपछि राणाको धनगढीमै उपचार भइरहेको थियो । सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा बरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले धनगढीबाट राणालाई थप उपचारको लागि काठमाडौं पठाएको जानकारी दिएका छन् ।

उनका अनुसार आइतबार बिहान एसपी राणालाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ । राणाको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौंस्थित प्रहरी अस्पतालमा पठाइएको छ । उनलाई ज्वरो आउने, टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएको छ । १८ असोजमा उनको स्वाब संकलन गरी सेती प्रादेशिक अस्पतालमा परीक्षण गरिएको थियो ।

प्रकाशित :२५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्