विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख नाघ्यो



काठमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमण हुनेको संख्या ३ करोड ७४ लाख नाघेको छ ।

संक्रमितमध्ये १० लाख ७७ हजारको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ८१ लाख संक्रमणमुक्त भएका छन् । अलिहेसम्म सबैभन्दा बढी अमेरिकामा ७९ लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये २ लाख १९ हजारको मृत्यु भएको छ ।

भारतमा ७० लाख संक्रमितको संख्या नाघेको छ । जसमध्ये १ लाख ८ हजारको मृत्यु भएको छ । नेपालमा पनि संक्रमित संख्या एक लाख नाघिसकेको छ । एकै दिन हिजो ५ हजार संक्रमित थपिएका छन् । संक्रमणबाट नेपालमा मृतक संख्या ६ सय नाघेको छ ।

प्रकाशित : २५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्