बागबजारस्थित होटलमा एक भारतीय मृत फेला



काठमाडौं : काठमाडौं महानगरपालिका २८ बागबजारस्थित सुरज श्रेष्ठको गंगा होलिडे इन होटलमा एक जना भारतीय नागरिक मृत अवस्थामा शनिबार फेला परेका छन् ।

ती भारतीय नागरिक होटलको २०८ नम्बर कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ । मृत फेला परेका भारतीय नागरिकमा उत्तराञ्चल घर भएका ६१ वर्षीय अव्दुल्ला लक्ष्मणलाल कठाई रहेका छन् ।

कठाई विगत पाँच महिनादेखि उक्त होटलको २०८ नम्बर कोठामा बस्दै आएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्