एसकर्टसको दशैँ तिहार विशेष अफर



काठमाडौं : नेपालका लागि एसकर्टस कन्स्ट्रक्सन इक्युइपमेन्टको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लि.ले एसकर्टस मेसिन खरिदका लागि दशैँ तिहारमा विशेष अफर ल्याएको छ ।

अफर अन्र्तगत एसकर्टस मेसिनको खरिदमा अब ग्राहकले यासुदा ब्राण्डको होम एप्लिकेसन प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पनि पाउने भएका छन् । आइएमई अटोमोटिभ्सले अफर दशैँ तिहार र छठ पर्वलाई लक्ष्ति गरि बजारमा अफर ल्याएको कम्पनीले जनाएको छ ।

विशेष प्याकेजका साथै कम्पनीले फाईनान्सको सुविधाको पनि ब्यवस्था गरेको छ । अहिलेको विषम परिस्थितीमा फाईनान्सको सुविधाले ग्राहकहरुलाई अझ सहज हुने कम्पनीले जनाएको छ ।

एसकर्टस ब्राण्डपिक एण्ड क्यारी क्रेन नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक बिक्री हुने मेसिन हो साथै ब्याको लोडर, रोलर र कम्प्याकटर लगायतका मेसिनहरुको उत्पादन पनि बजारमा छन् । कम इन्धन खपत, मर्मत खर्च कम र उत्कृष्ट कार्यक्षमताले यो मेसिनहरु नेपालमा धेरै बिक्रि हुने गरेका छन् ।

प्रकाशित :२५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्