विप्लवका २ नेता कैलालीबाट पक्राउ



कैलाली : प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जनसरकार प्रमुखसहित २ नेतालाई कैलालीबाट पक्राउ गरेको छ। नेकपाको बर्दगोरिया गाउँपालिकाका जनसरकार प्रमुख अमर बम र क्रान्तिकारी किसान संघ कैलालीका अध्यक्ष उदयराज थापालाई पक्राउ गरेको हो।

उनीहरूलाई बुधवार दिउँसो बर्दगोरिया गाउँपालिकाको बौनिया बजार नजिकैबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेका दुवै नेतालाई थपअनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएकको छ।

प्रतिक्रिया दिनुहोस्