पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ संक्रमित थपिए



काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । भने १ हजार ४ सय ७३ जना डिस्चार्ज हुँदा ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज क्वारेन्टिनमा ४ हजार ८ सय ३१ जना रहेका छन् भने ३३ हजार ८ सय ८० सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ३० जनाको पीसीआर परीक्षण भएको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौंका एक हजार ८८८, भक्तपुरका ११८ र ललितपुरका २७७ रहेका छन् ।

कोरोना संक्रमितको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । संक्रमितमध्ये ७७ हजार २७७ जना उपचारपछि निको भएका छन् । यस्तै मृतकको कुल संख्या ६४५ पुगेको मन्त्रलायले जनाएको छ ।

प्रकाशित : २६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्