आगलागीबाट २० लाखभन्दा बढीको क्षति



काठमाडौं : काठमाडौं महानगरपालिकामा रहेको बाल्ट्रा होम सोलुसन प्रालिमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब २० लाख ८ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका-३ ग्रिनसिटी डेरा गरी बस्ने गोरखा शहिदलखन गाउँपालिका-९ घर भएका ३१ वर्षीय अमृत थापाको बाल्ट्रा होम सोलुसन प्रालिमा विभिन्न सामाग्री जल्दा ठूलो क्षति भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित :२७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्