टी–२० महिला च्याम्पियन्स लिगको नयाँ मिति सार्वजनिक



काठमाडौं : महिला च्याम्पियन्स टी–२० लिग क्रिकेटको नयाँ मिति घोषणा गरिएको छ। वीन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी जेष्ठमा गर्ने जनाएको छ। खेल आगमी जेष्ठ ३ देखि ११ गतेसम्म टियु क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

यसअघि लिग चैत २२ गतेबाट ३० गतेसम्म हुने घोषणा गरेको थियो। तर, प्राविधिक कारणले गर्दा तोकिएको समयमा गर्न नसकिने आयोजकले जनाएको थियो। च्याम्पियन्स लिगमा विभिन्न ५ शहरका ५ फ्रेन्चाइजी टोली सहभागिता रहने छ।

प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ। प्रतियोगितामा सहभागि टोली, मार्की खेलाडी र लोगो आयोजकले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै सार्वजनिक गर्दैछ।

लिगमा शीर्ष दुई स्थान हात पार्ने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले गत असोजमा पोखरा प्रिमियर लिग प्रतियोगिता पनि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्