गुल्मी जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो



पाल्पा : गुल्मीको मुसिकोट नगरपालिका –१, पौदीअमराईमा बिहीबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ ।

मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा ७ यात्रु घाइते भएका छन् ।

धुर्काेट गाउँपालिका–५ का पूर्वसांसद रुद्रमणि भण्डारी र मालिका गाउँपालिका –१ का रोशर विकको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी मालिका–२ की २६ वर्षीया कोशिला थापाको मुसिकोट नगरपालिका वामीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिप सडकबाट सय मिटर तल खसेको प्रहरी चौकी पौदी अमराईका प्रहरी सहायक निरीक्षक जयकुमार कोहारले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्