काठमाडौंका १० स्थान कोरोनाको ‘रेड जोन’मा



काठमाडौं : स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन् कोरोना नियन्त्रणमा काठमाडौं महानगरको भूमिका देखिएन, जसले गर्दा महानगरभित्रका केही स्थानमा कोरोना नियन्त्रणबाहिर गयो ।

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण तीव्र रूपमा बढिरहेका वेला काठमाडौं उपत्यकाका १० क्षेत्र ‘रेड जोन’मा परेका छन् । व्यापारिक क्षेत्रदेखि मानिसको चाप बढी हुने क्षेत्र ‘रेड जोन’मा परेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतको रोग नियन्त्रण महाशाखा र उच्चस्तरीय महामारी व्यवस्थापन केन्द्र (सिसिएमसी)ले हरेक हप्ता काठमाडौंको ‘रेड जोन’ क्षेत्रको मूल्यांकन गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तीन सयभन्दा माथि संक्रमित भएको क्षेत्र अर्थात् वडालाई ‘रेड जोन’मा राखिएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार काठमाडौं महानगरपालिकाभित्र कोरोना नियन्त्रणभन्दा बाहिर गएको छ । महानगरका ३२ वडामध्ये वडा नं. १५ स्वयम्भू, वडा नं. १६ सोह्रखुट्टे, वडा नं. ३२ कोेटेश्वर, वडा नं. १४ कलंकी, वडा नं. ३ महाराजगन्ज, वडा नं. १३ कालिमाटी, वडा नं. ११ त्रिपुरेश्वर, वडा नं. ९ गौशाला, वडा नं. १० बानेश्वर र वडा नं. २६ लैनचौर ‘रेड जोन’मा छन् । यी वडामा तीन सयभन्दा माथि संक्रमित छन् ।

अन्य स्थानीय तहको तुलनामा काठमाडौं महानगरभित्र कोरोना तीव्र रूपमा बढेको मन्त्रालयले जनाएको छ । मंगलबार मात्रै काठमाडौं उपत्यकामा एक हजार सात सय ४६ जनामा संक्रमण देखिएको छ । २५ असोजसम्मको तथ्यांकअनुसार उपत्यकामा संक्रमितको संख्या ३२ हजार ६ सय तीन पुगेको छ । जसमध्ये महानगरभित्र १५ हजार पाँच सय ५३ जना छन् । उनीहरूमध्ये सक्रिय संक्रमित सात हजार ६ सय ९९ छन् भने अस्पतालमा सात सय ६२, संस्थागत आइसोलेसनमा ६ सय ८८ र होम आइसोलेसनमा ६ हजार दुई सय ४९ छन् ।

संक्रमितको सम्पर्कमा आएका १८ हजार ६ सय ८४ जनाको नमुना परीक्षण गर्दा दुई हजार आठ सय ६६ जना कोरोना पुष्टि भएको छ । कोरोनाको ‘रेड जोन’मा रहेका महानगरका १० वडामा मात्र आठ हजार तीन सय १० संक्रमित छन् । उनीहरूमध्ये सक्रिय संक्रमितको संख्या चार हजार एक सय ७३ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । यो तीन दिनमा संक्रमितको संख्या अझै बढेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका अन्य स्थानीय तहले कोरोना संक्रमणलाई नियन्त्रणबाहिर जान नदिए पनि महानगरले नियन्त्रणमा लिन नसकेको बताए । ‘कोरोना नियन्त्रणमा काठमाडौं महानगरपालिकाको भूमिका देखिएन, जसले महानगरपालिकाभित्रका केही स्थानमा नियन्त्रणबाहिर गयो’ प्रवक्ता डा. गौतमले भने ।

त्यस्तै, ‘रेड जोन’मा परेका वडालाई ‘सिल’ गरेर परीक्षण तीव्र बनाउनुपर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । तर, सरकारले ‘सिल’ नगर्दा अन्य क्षेत्रमा पनि जोखिम बढाएको उनीहरूको भनाइ छ । यसैगरी कन्ट्याक्ट ट्रेसिङको काम पनि रोग नियन्त्रण महाशाखा र स्थानीय तहले नगर्दा कोरोना नियन्त्रणमा आउन सकेको जनाएको छ ।

एकैदिन ३५ सय ५६ कोरोना

पछिल्लो २४ घन्टामा देशभर तीन हजार पाँच सय ५६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ भने कोरोनाबाट १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमितको संख्या एक लाख १५ हजार तीन सय ५८ पुगेको छ ।

सरकारले परीक्षण काठमाडौंकेन्द्रित बनाएको छ । पछिल्लो २४ घन्टामा १५ हजार पाँच सय ७७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । जसमध्ये बागमती प्रदेशमा १० हजार दुई सय ८७ वटा नमुना परीक्षण गरिएकोमा दुई हजार पाँच सय ३० जनामा संक्रमण पुष्टि भएको छ । यसमा धेरैजसो काठमाडौं उपत्यकाको रहेको छ ।

प्रकाशित : २८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : आज २४० कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनबिरुद्ध नेपाली काँग्रेसले

नयाँदिल्ली : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्कन लागेका छन् । मन्त्री ज्ञवाली नेपाल वायु

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय

काठमाडौं : आज उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत

काठमाडौं : पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु

इन्डोनेसिया : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस

काठमाडौं : एकै पटक दुई दर्जन नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले अवकाश पाएका

काठमाडौं : विश्वमा अबको डेढ महिनाभित्रमा थप ३० लाख मानिसको कोरोना संक्रमणबाट मृत्यु हुनसक्ने एक

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’को रिहाईका लागि

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतलाई प्रभावित पार्ने अभिव्यक्ति नदिन आग्रह गरेका