विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख



काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ३ करोड ८० लाख ३२ हजार ३ सय २० पुगेको हो ।

हालसम्म कोरोना संक्रमणका कारण विश्वमा १० लाख ८४ हजार ३ सय ३६ जनाको मृत्यु भइसकेको छ भने २ करोड ६३ लाख ८४ हजार ४ सय ६१ जना निको भइसकेका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७८ लाख ५२ हजार ८ पुगेको छ भने २ लाख १५ हजार ८ सय ३ जनाको मृत्यु भएको छ ।

यस्तै, भारतमा ७१ लाख ७५ हजार ८ सय ८० संक्रमित र १ लाख ९ हजार ८ सय ५६को मृत्यु, ब्राजिलमा ५१ लाख ३ हजार ४ सय ८ संक्रमित र १ लाख ५० हजार ६ सय ८९ को मृत्युु तथा रुसमा १३ लाख १८ हजार ७ सय ८३ संक्रमित र २२ हजार ८ सय ३४ जनाको मृत्यु भएको छ। यस्तै, मेक्सिकोमा ८ लाख २१ हजार ४५ संक्रमित र ८३ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ । एजेन्सी

प्रकाशित :२८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्