माछा मार्ने क्रममा चिप्लिएर मृत्यु



बाजुरा : माछा मार्ने क्रममा बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाका २६ वर्षीय शिक्षक बिक्रम नाथको खोलामा चिप्लिएर मृत्यु भएको छ। 

 

बिहीबार दिउँसो ४ बजेतिर घरबाट माछा मार्न जान्छु भनेर जाल लिएर हिँडेका उनी रातिसम्म नफर्केपछि आफन्तले खोज्दै जाँदा एक ढुंगाबाट चिप्लिएर अर्को ढुंगामा पछारिएर मृत्यु भएको पाइएको आफन्तले बताएका हुन्।

 

उनी बूढीनन्दा नगरपालिकाको पाण्डुशैनमा रहेको पिसक्रेटर एकेडेमीमा पाँच वर्षदेखि पढाउँदै आएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्