खोलामा डुबेर भूपू प्रहरी हवल्दारको मृत्यु



कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बिहीवार खोलामा डुबेर भुपू प्रहरी हवल्दारको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नम्बर ८ का ५० वर्षीय कमलसिंह ठगुन्नाको छहरी खोलामा डुबेर मृत्यु भएको हो ।

‘बिहान घरबाट निस्केका ठगुन्ना खोलामा डुबेको भेटिएका हुन्,’ उनले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धानले मृतकले मादकपदार्थ सेवन गरेको बुझिएको छ ।’

प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्