सर्वोच्चको प्राथमिकतामा परेन भ्रष्टाचारका मुद्दा



काठमाडौं : सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदभार गरेकै दिन भ्रष्टाचार मुद्दामा शून्य सहनशीलता अपनाउँछु भनेर प्रतिबद्धता जनाएको तीन महिना भयो । तर, उनको प्राथमिकतामा भ्रष्टाचार मुद्दा परेको पाइँदैन ।

१९ पुसमा पद बहाल भएयता उनले भ्रष्टाचार मुद्दाको पेसी तोक्ने गरे पनि स्थगितको सूचीले भने रेकर्ड बनाउँदै आएको छ । बिहीबार मात्रै भ्रष्टाचार र गैरकानुनीसम्बन्धी दुई दर्जन मुद्दाको पेसी चढ्यो । तर, अधिकांश कानुन व्यवसायीबाट मुद्दा स्थगित गराइएको छ ।

मुद्दा स्थगित गर्ने र पेसी चढाउने श्रृंखलाले निरन्तरता पाएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्