तत्काल अत्यावश्यक पूर्वाधार र औषधिको सहज उपलब्ध गराउन चिकित्सक सङ्घको माग



काठमाडौं : नेपाल चिकित्सक सङ्घले कोरोना सङ्क्रमितको संख्या बढेको भन्दै तत्काल अत्यावश्यक पूर्वाधार र औषधिको सहज उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

सङ्घले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमणको दर बढिरहेको तर सरकारको तयारी नबढेको भन्दै तत्काल अत्यावश्यक पूर्वाधार र औषधिको सहज उपलब्ध गराउन आग्रह गरेको हो ।

कोरोना सङ्क्रमितका लागि आवश्यक पर्ने आईसीयू बेडहरु, भेन्टिलेटर, अक्सिजन, रेम्डिसिभिरलगायत औषधिहरुको सहज उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्