पछिल्लो २४ घण्टामा ४३९२ जनामा कोरोना पुष्टि, २१ संक्रमितको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोना संक्रण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा ४ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जनालाई कोरोना संक्रमण देखिएको हो। २४ घण्टामा ३ हजार ५२२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

गत २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय १५ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्