जिल्ला प्रशासन कार्यालय ललितपुरका सबै सेवा बन्द



काठमाडौं : जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेको छ।

प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै कात्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मका लागि सबै सेवा बन्द गर्ने जनाएको हो।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र, सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसँगको छलफल, परामर्श एवं निष्कर्षको आधारमा सेवा प्रवाह बन्द गर्ने निर्णय भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्