उच्च ओहोदामा बसेकाहरूको हेलचेक्र्याइँले थप जोखिम



काठमाडौ‌‍ : नेपालीको महान् चाड दसैं आज (शनिबार)देखि सुरु हुँदै गर्दा सर्वसाधारणले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने क्रम ह्वात्तै बढेको छ । जसका कारण कोरोना संक्रमण दर पनि बढ्न पुगेको छ ।

कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सरकारले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्ड जारी गरे पनि कार्यान्वयनमा आशंका हुन थालेको छ । आमनागरिकमा अनुशासन हराउँदै जाँदा मापदण्ड कार्यान्वयनमा नै समस्या सिर्जना भएको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डका अधिकांश बुँदाहरू कार्यान्वयनमा आउन नसक्दा जोखिम दिन प्रतिदिन बढ्दै गएको विज्ञहरूको भनाइ छ । हाल औसतमा दैनिक २ हजार ५ सय जनाको हाराहारीमा संक्रमित थपिन थालेका छन् ।

स्वास्थ्य मन्त्रालयले गत २२ साउनमा चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्ड जारी गरेको थियो । अहिले पनि अधिकांश सर्वसाधारणले भौतिक दुरी पालना गरेका छैनन् भने मास्कको समेत समुचित प्रयोग गरेका छैनन् ।

सर्वसाधारणदेखि उच्च ओहोदामा बसेकाहरूको हेलचेक््रयाइँले जोखिम थप बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अहिले बजारमा सामान किन्नका लागि सर्वसाधारणको दिनहुँ घुइँचो लाग्ने गरेको छ । बजारमा अत्यधिक भीड भए पनि न त स्वयं व्यक्ति सतर्क रहन्छन् न त स्थानीय प्रशासनले भीडलाई नियन्त्रण गर्न कुनै प्रभावकारी कदम नै चाल्न सकेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ । यो वर्षको दशैं विदा

पोखरा : पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल

काठमाडौं : सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ

मेलबर्न : अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन बुधबारदेखि अन्त्य गरिएको

वीरगञ्ज : बारामा तस्कर र प्रहरीबीच भएको झडपमा गोली लागेर एक बालक गम्भीर घाइते भएका

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतलनिवासको आधिकारिक ट्विटर ह्यान्डल बन्द गरिएको छ। राष्ट्रपतिको कार्यालयका सूचना र जानकारी

जनकपुरधाम– सर्लाहीमा एकजना वडाध्यक्षले मेला हेर्न गएका एक दलित युवकलाई चोरीको आशंकामा मरनासन्न हुनेगरि कुटपिट

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कातिक १५ देखि १७ गतेका लागि

काठमाडौं : भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरिएको छ ।

झापा– वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार

बिहार– बिहार विधानसभाका लागि पहिलो चरणको लागि मतदान भइरहेको छ । बिहान ९ बजेसम्म ७.१७

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । बुधबार मौसम बुलेटिन जारी