पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैँको टिका नलगाइदिने



काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई दशैँको टिका नलगाईदिने भएका छन् । पूर्वराजा शाहको सचिवालयले एक सूचना जारी गर्दै कोरोना भाइरसका कारण पूर्व राजा शाहले सर्वसाधारणलाई टीका नलगाउने भएको जनाइएको छ।

यसअघि उनले हरेक वर्ष विजया दशमीका दिन सर्वसाधारण तथा आफ्ना शुभचिन्तकहरुलाई टीका लगाउँदै आएका थिए । शाहले महाअष्टमीको दिन विभिन्न शक्तिपीठको दर्शन गर्ने कार्यक्रम पनि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्