सगरमाथाको उचाइ मापन गर्ने काम ६० प्रतिशत सकियो, यसरी नापिन्छ



सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन काम ६० प्रतिशत सकिएको नापी विभागले जनाएको छ । सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने काम भैसकेको र यो काम सकिएसँगै ६० प्रतिशत काम सम्पन्न भएको सगरमाथा मापन योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डंगोलले बताए। 

अब प्राविधिक टोलीले सगरमाथा उचाइमा पुगेर उचाइ मापन गर्नेछन् । सगरमाथाको आधिकारिक उचाइ आठ हजार आठ सय ४८ मिटर मानिए पनि नेपालले भने पहिलो पल्ट मापन गर्न लागेको हो । यसअघि भारत, चीन, अमेरिकालगायत देशले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्