साढे ११ लाख भन्दा बढिको अवैध सामान सहित दुई जना पक्राउ



जनकपुरधाम : धनुषामा साढे ११ लाख भन्दा बढिको अवैध भन्सार चोरी निकासीका सामान सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर–१ स्थित प्रहरी चौकी ठाडिझिझाबाट खटेको टोलीले को। १ ज ३७६० नम्बरको म्याजिक गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा भन्सार छली गरी लैजादैँ गरेको अन्दाजी मूल्य ८० हजार बराबरको ४० बोरा केराउ, कालो मरिच २५ किलोको ६ बोरा (८६ हजार १ सय), सुकमेल ४ किलो (५ हजार ५ सय), छोहोरा १ क्वीन्टल (११ हजार ४ सय), सामग्री लोड गरि राखिएको म्याजिक गाडी १ थानको ५ लाख रुपैयाँ गरी ६ लाख ८३ हजार रुपैयाँ बराबरको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

म्याजिकका चालक विदेह नगर पालिका वडा नम्बर–६ बस्ने ४५ वर्षीय शिव कुमार झा र सोही गाडीमा सवार सोही नगरपालिका वडा नम्बर–१ बस्ने २२ वर्षीय अजय कुमार साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

No description available.

त्यस्तै, धनुषाको नगराईन नगरपालिका वडा नम्बर–२ स्थित जटहिबाट गस्तिमा खटेको टोलीले सार्वजनिक बाटोमा वेवारिसे अवस्थामा रहेको मटर (केराउ) २५ के.जी.को ६४ बोरा (अन्दाजी मूल्य १ लाख २८ हजार) र सोफी मदिरा ६ लाख ८ सय ७० गरी जम्मा १ लाख ३४ हजार ८ सय ७० बराबरको सरसमानहरु बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा पठाईएको छ ।

उता, जिल्लाको औरही गाउँपालिका वडा नम्बर–१ स्थित प्रहरी चौकी धनौजीबाट गस्तिमा खटेको प्रहरी टोलीले भन्सार छलि ल्याएका मटर २५ के.जी.को १४ बोरा (२८ हजार), खाद्य मल ५ बोरा ९५ हजार०, चिनी ५० के.जी.को २ बोरा (६ हजार), छोहोरा १५० के.जी. (१७ हजार ७ सय) गरी जम्मा ५६ हजार ७ सय बराबरको सरसमानहरु बरामद गरी आवश्यक कारवाहीको लागि भन्सारमा पठाईएको प्रहरीले जनाएको छ ।

No description available.

त्यस्तै, धनुषाधाम नगरपालिका–३ स्थित धनुषाधाम बजरामा ईलाका प्रहरी कार्यालय धनुषाधामबाट गस्तीमा गएको टोलीले अबैधरुपमा भन्सार छली चोरी निकासी गरी ल्याएको ४ वटा पोकामा अन्दाजी २ लाख ७८ हजार ८ सय ८० बराबरको बिभिन्न किसिमका लत्ताकपडाहरु नियन्त्रणमा लिईएको हो ।

No description available.
प्रतिक्रिया दिनुहोस्