नेता लाललाई कोरोना पुष्टि



जनकपुरधाम : राष्ट्रियसभाका पूर्व सदस्य एवं जनता समाजवादी पार्टीका नेता वृषेशचन्द्र लाल कोरोना संक्रमित भएका छन् । गत असोज २३ गते सप्तरीको राजविराजबाट काठमाण्डौ फर्केपछि ज्वरो लाग्दा मेडीसिटी अस्पतालमा परिक्षण गराएपछि आफुलाई संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

नेता लाललाई श्वासप्रश्वासमा समेत समस्या देखिएको थियो । उनले केहि दिन यता आफुसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध समेत गरेका छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्क र सुरक्षति रहन नेता लालले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्