प्रदेश २ मा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक पारित



जनकपुरधाम : प्रदेश २ को प्रदेशसभावाट आज (आईतबार) बहुप्रतिक्षित मानिएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक सर्वसहमत पारित भएको छ ।

सामाजिक विकास मन्त्री नवल किशोर साहद्वारा पेश गरिएको उक्त प्रस्ताव सभाबाट सर्वसहमत पारित भएको हो ।
प्रस्ताव पारित भएसँगै प्रदेश २ सरकारले धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै यस प्रदेशमा पनि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बाटो खुलेको बताइएको छ ।

आज (आईतबार) बसेको प्रदेशसभा बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन सम्बधि विधेयक सर्वसम्मत पारित भएपछि प्रतिष्ठान बनाउने बाटो खुलेको हो । हालको प्रादेशिक अस्पताल जनकपुरधामलाई यस प्रतिष्ठान अन्तर्गत राखि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै अवधारणामा प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान,जनकपुरधामको गठन गरेको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पताललाई विस्तार गरी सो अवधारणा लागू गरिने बताइएको छ । सामाजिक विकास मन्त्री साहको पहलमा ल्याइएको प्रस्तावमा प्रदेशसभा सदस्यहरुले सहमति जनाएपछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने छाँटकाँट देखिएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधामलाई गाभ्ने गरि पारित गरिएको विधेयकले यस प्रदेशको स्वास्थ्य सेवामा ठूलो फड्को मार्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्