सीमा अतिक्ररमण गर्ने चीनको नयाँ शैली : हुम्लामा चिनियाँ बस्ती बसाएपछि भूमि दाबी



काठमाडौं : हुम्लामा बस्ती बसाइसकेपछि चीनले उक्त भूभाग चीनको भएको दाबी गरेको छ । यसअघि हुम्ला लुलुङजोङ क्षेत्रमा विभिन्‍न ११ वटा संरचनाहरु बनाएर चिनियाँहरु बस्‍ने गरेका छन् । त्यहाँ अहिलेपनि थप संरचनाहरु निर्माणको काम भइरहेको र चीनले उक्त भूमि आफ्नो भन्दै दाबी गरिरहेको छ।

यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त भवनहरु चिनियाँ भूभागमै रहेको र नेपालले फेरि निरीक्षण गर्न सक्ने बताएको थियो ।

उक्त संरचना निर्माण थाल्नुअघि नै गत मे मा सैनिक तथा स्थानीय अधिकारीले फिल्ड सर्भे र नक्सांकन गरी चीनकै भूभाग भएको निशत गरेपछि मात्रै संरचना बनाइएको चीनको दाबी छ ।

यता नेपाल सरकारले पनि उक्त संरचनाहरु चिनियाँ भूमिमा नै भएको बताइरहे पनि सीमा अनुगमनमा गएका नेपाली कांग्रेसको टोलीले भने नेपालको सीमा क्षेत्रबाट दुई किलोमिटर नेपालतर्फ पर्ने गरी संरचनाहरु बनाइएको दाबी गरेको छ ।
चीनले भने नयाँ गाउँमा बनाइएका भवन नेपाल–चीनको सीमा छुट्याउन राखिएका ११ र १२ नम्बर पिलरबीचको क्षेत्रमा पर्ने दाबी गरेको छ ।

ग्लोबल टाइम्सले दुवै पिलर उच्च भूभागमा रहेको र प्राविधिक जानकारी नभएका मानिसले अध्ययन गर्दा गल्ती देखिने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्