लौ हेर्नुहोस, ४५ वर्षपछि महावीर पुनको नयाँ सुट



काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुनले ४५ वर्षपछि दसैंमा नयाँ सुट लाएका छन्।

सामाजिक सञ्जालमा नयाँ सुट लाएको फोटो हाल्दै पुनले यो आफ्नो जिन्दगीको दोस्रो नयाँ सुट भएको पनि जनाएका छन् ।

उनले लेखेका छन्– ‘लौ हेर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई । सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन। मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो। जुत्ता चाहिं ६ बर्ष पुरानो हो । ’

धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर आफूलाई भन्ने गरेको पनि उनले उल्लेख गरेका छन् ।

उनी थप लेख्छन्– ‘अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस । आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें। दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला । केहि महिना पछि मैले नै बताउने छु। क्या रमाइलो हुने भयो यो पालीको दशैँ त । कहिले काहि त गल्लीको कुकुरको पनि दिन आउंछ भनेको यहि होला । ’

प्रतिक्रिया दिनुहोस्