नेकपा सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टले पनि गरे दशैँ भत्ता फिर्ता



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टले दशैँ भत्ता फिर्ता गरेका छन् ।

विष्टले संसद् सचिवालयका महासचिवलाई पत्र पठाउँदै दसैँ भत्ताबापत आफ्नो खातामा जम्मा गरिएको रकमबराबरको चेक काटेर रकम फिर्ता गरेका हुन्।

त्यसैगरी उनले आमनागरिकले चरम पीडा भोगिरहेको र देशमा गम्भीर संकट थपिँदै गएको अवस्थामा सांसदको हैसियतमा दसैँ खर्चको नाममा सुविधा लिने कुरा सामाजिक न्यायको हिसाबले पनि उपयुक्त नदेखिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्